विद्यार्थी भर्ना न्यून भएपछि घरदैलो अभियान
बझाङ । बझाङको थलारा गाउँपालिका–८ विसखेतमा रहेको कालिका आधारभूत विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेको छ ।

सोमबारदेखि थलारा गाउँपालिका–८ का विभिन्न टोलमा प्लेकार्डसहित विद्यालय– परिवार घरदैलो अभियानमा निस्किएको हो । प्रधानाध्यापक गगन शाहीले विद्यार्थीलाई समयमै भर्ना गराउन विद्यार्थीसहित शिक्षक–शिक्षिका अभिभावकको घरदैलोमा पुग्ने गरेको बताउनुभयो । उक्त विद्यालय कक्षा ५ सम्म सञ्चालन भएको छ ।

विद्यालयमा छात्रवृत्ति लगायतका थुप्रै सुविधा भए पनि न्युन सङ्ख्यामा विद्यार्थी भर्ना हुँदा उक्त अभियान सञ्चालन गर्नु परेको प्रधानाध्यापक शाहीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्