जनकपुरधाममा जारी मेयर कपको फाइनलमा जनकपुर र बारा
जनकपुरधाम । जनकपुरधाममा जारी मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको आज भएको दुई वटा सेमिफाइनल खेलमा जनकपुर र बारा फाइनल प्रवेश गरेका छन् ।

जनकपुरधामको रजौलमा निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा जनकपुरले सप्तरीलाई ७ विकेटले पराजित गर्यो । दोस्रो खेलमा विराटनगरलाई बाराले १ रनले पराजित गर्यो ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना, जिल्ला क्रिकेट सङ्घको संयोजन तथा फ्याक्ट नेपालको सहयोगमा भएको प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्ला तथा कोशी, बागमती, मकवानपुरसहित कूल १२ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विजेताले २ लाख ५१ हजार नगद, शिल्ड र प्रमाणपत्र तथा उपविजेताले १ लाख ५१ हजार नगद, शिल्ड र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिताका राम्रो प्रदर्शन गर्ने म्यान अफ दि सिरिज, वेष्ट व्याट्स म्यान, वेष्ट बलर सहितका अन्य खेलाडीहरूलाई पनि नगदसहित पुरस्कृत गर्ने कार्यक्रम छ ।







प्रतिक्रिया राख्नुहोस्