बैतडीको जनसङ्ख्या वृद्धि दर ऋणात्मक

बैतडी । २०७८ सालको जनगणनामा बैतडीको जनसङ्ख्या ८ हजार ७ सय ४१ ले घटेको पाइएको छ ।
२०६८ सालको जनगणनामा बैतडीको कूल जनसङ्ख्या २ लाख ५० हजार ८ सय ९८ रहेकोमा १० बर्ष पछि २०७८ सालमा घटेर २ लाख ४२ हजार १ सय ५७ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथलीले जनाएको छ ।
पहाडी क्षेत्रमा जनसङ्ख्या घट्नुमा शिक्षा, स्वास्थ्य, रोजगारी, प्रजनन दर र वैदेशिक रोजगार नै मुख्य कारण रहेको विज्ञहरूले जनाएका छन् ।
दोहोरो बस्ती रहेका बैतडीका बासिन्दाहरूको कैलाली र कञ्चनपुरमा पनि बसोबास रहेकाले बसाइसराइले गाउँका बस्ती नै रित्तिँदै गएको जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्र सिंह धामी बताउनु हुन्छ ।
पहाडी क्षेत्रमा शिक्षा,स्वास्थ्य र रोजगारीका क्षेत्रमा प्रभावकारी काम गर्न सकियो भने केही हद सम्म भए पनि बसाईसराई रोक्न सकिने उहाँ बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्