तपाईँ सुन्दै हुनुहुन्छः

२४ औँ वनस्पति दिवश : वनस्पतिको संरक्षण,सदुपयोग र अनुसन्धानमा जोड 

जुम्ला  । जुम्लामा २४ औँ वनस्पति दिवस मनाइएको छ । बुधबार धिताचौर स्थित वनस्पति उद्यानमा “जलवायु परिवर्तन एक चुनौती,समाधानका लागि वनस्पति भन्ने नाराका २४ औ वनस्पति दिवस तथा वनस्पति विभागको ६३ औँ वार्षिक उत्सव मनाइएको हो । 

२०५६ सालमा स्थापना भएको साबिकको (जिल्ला वनस्पति कार्यालय) हालको वनस्पति अनुसन्धान केन्द्रले जुम्लाका आठै पालिकामा जडीबुटीको खेती प्रविधि किसानलाई स्थानान्तरण गर्ने,नयाँ प्रजाति पत्ता लगाउन अनुसन्धान गर्ने संरक्षण गर्ने लगायतको काम गर्दै आएको छ । 

२४ औँ वनस्पति दिवसका अवसरमा आयोजित कार्यक्रममा अनुसन्धान केन्द्रका निमित्त कार्यालय प्रमुख सहायक वैज्ञानिक अधिकृत तेज बहादुर दर्जीले सल्लोको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नु भयो । 

कर्णालीमा पाईने वनस्पतिको वैज्ञानिक पहिचान,संरक्षण,सदुपयोग तथा जडीबुटीको खेती प्रविधिका हस्तान्तरण र अनुसन्धानको काममा जोड दिँदै आएको निमित्त कार्यालय प्रमुख तेज बहादुर दर्जीले बताउनुभयो । 

उहाँका अनुसार दिवसका अवसरमा कैलास बोधी मावि स्कुलका कक्षा ८ र ९ का विद्यार्थीलाई जडीबुटीको खेती प्रविधि,वनस्पति संरक्षण,सदुपयोग र पछिल्लो समय जलवायु परिवर्तनले पारेको असरका विषयमा सचेतना दिइएको छ । 

कर्णालीको लोपोन्मुख वनस्पतिको अनुसन्धान तथा संरक्षणमा नागरिक तहबाटै खेती विस्तार हुन जरुरी छ । धिताचौर वनस्पति उद्यान वनस्पति अनुसन्धानसँगै जिल्लाको आकर्षक पर्यटकीय स्थलका रुपमा विकास हुँदै आएको छ । 

कर्णालीमा पाईने जडीबुटीको संरक्षण तथा अनुसन्धानका लागि तीनै तहमा संरचना बनाउन,किसानले जडीबुटीको खेतीमा चासो दिन उत्तिकै आवश्यक रहेको निमित्त प्रमुख दर्जीले जनाकारी दिनुभयो । 

लोपोन्मुख वनस्पतिको अनुसन्धानमा वनस्पति अनुसन्धान कार्यालयले पछिल्लो समय गरेको प्रयास प्रशंसा योग्य छन् । 

यद्यपि,अपेक्षाकृत काम भने हुन सकेको छैन । जुम्लामा झण्डै ५ दर्जन बढी प्रकारका वनस्पतिको अनुसन्धान भइरहेको । वनस्पति मानव जीवनको अभिन्न अङ्ग हो पनि । पछिल्लो समय जलवायु परिवर्तनका कारण लोपोन्मुख बनेको वनस्पतिको अनुसन्धान तथा संरक्षण गर्नु स्थानीय सरकारको पनि मुख्य दायित्व हुनुपर्नेमा जोड दिइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button