इटहरीमा अत्याधुनिक भेटेरिनरी अस्पताल बन्दै

सुनसरी। इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मा बन्न लागेकाे भेटेरिनरी अस्पताल उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको छ ।
नगरप्रमुख पौडेलले इटहरीको माथिल्लो भाग सुनसरी क्षेत्र नम्बर २ तर्फ पनि अर्को यस्तै भेटेरिनरी अस्पतालको आवश्यकता रहेको बताउनुभयो ।
सो भेटेरिनरी अस्पतालमा पशु सम्बन्धी विभिन्न उपचारहरू कृत्रिम गर्भधारण ,बन्ध्याकरण ,सर्जिकल , ल्याब सेवा समेत सञ्चालन गरिने अस्पतालका प्रमुख पशु चिकित्सक दुर्गाबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
तीन तला निर्माण गरिने सो अस्पतालको पहिलो तलामा विभिन्न प्रयोजनका लागि ७ कोठा , दोस्रो तलामा पनि ७ कोठा र तेस्रो तलामा ३ कोठा रहने जानकारी गराइयो । भेटेरिनरी अस्पताल प्रयास सोलुसन एण्ड विल्डर्सले मूल्य अभिवृद्धि करसहित १ करोड ७२ लाख १३ हजार ३ सय ९५ रुपैयाँमा निर्माण गर्ने छ । कार्यक्रममा निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि नविन सिंह ठकुरीले आफूहरूले गुणस्तरीय काम गर्ने र त्यसको अनुगमन र निरीक्षण समयसमयमा गर्न नगरवासीलाई आग्रह गर्नुभयाे ।
प्रतिक्रिया राख्नुहोस्