तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज भन्सारबाट ८ महिनामा लक्ष्य भन्दा ६७ अर्ब कम राजस्व असुली

वीरगंज । मुलुकको ६० प्रतिशत भन्दा बढी सामान आयात निर्यात गर्ने मुख्य नाकाको रुपमा रहेको वीरगंज नाकाबाट आयात गरिने सामानको परिणाम घटेसँगै यसको असर राजस्वमा परेको छ । 

आर्थिक बर्ष २०८०/०८१ को ८ महिनामा १ खर्ब ३८ अर्ब ९४ करोड ९४ लाख ५७ हजार राजस्व उठाएको वीरगंज भन्सारले चालु आर्थिक वर्षको ८ महिनामा गत बर्ष भन्दा ३७  अर्ब ४१ करोड १३ लाख ८१ हजार कम राजस्व असुली गरेको छ । 

यस वर्ष वीरगंज भन्सारले  १ खर्ब १ अर्ब ५३ करोड ८० लाख ७६ हजार राजस्व असुली गरेको छ । भन्सार विभागले वीरगंज भन्सारलाई १ खर्ब ६८ अर्ब २३ करोड ८६ लाख ८५ हजार राजस्व असुलीको लक्ष्य तोकेको थियो । 

लक्ष्य भन्दा वीरगंज भन्सारले ४० प्रतिशत कम राजस्व असुली भएको छ । यसको प्रमुख कारण बजारमा छाएको मन्दी र आयात निर्यातमा भएको गिरावट रहेको अर्थविद्हरूले बताएका छन् । 

वीरगञ्ज भन्सारले दिएको तथ्याङ्क अनुसार यस नाकाबाट आयात हुने प्रमुख २० मालवस्तु मध्ये १७ मालवस्तुको आयात घटेको छ । 

कोरोना महामारीयता देखिएको व्यापार मन्दीको असर भन्सार भित्रिने मालसामानमा देखिएको सम्बद्ध अधिकारीहरुले बताएका छन् । विगतमा सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थ सवारीसाधन र औद्योगिक कच्चा पदार्थको आयात उल्लेख्य घटेको वीरगञ्ज भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिनुभयो । 

भन्सारका अनुसार आयात सूचीको एक नम्बरमा रहेको डिजेलको आयात चालू आर्थिक वर्ष २०७९÷८० को साउनदेखि फागुनसम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ प्रतिशतले घटेको छ । 

त्यस्तै पेट्रोल आयात १० प्रतिशतले घटेको छ । हवाई इन्धन आयातमा ७७ प्रतिशतले कमी आएको भन्सारको तथ्याङ्कले देखाएको छ । आन्तरिक बजारमा मागको कमी, निर्माण व्यवसायमा आएको शिथिलता र त्यसको प्रभावबाट निर्माण सामग्रीका उद्योग कम क्षमता चल्दा इन्धनको खपत घटेको व्यवसायीहरूले बताएका छन् ।

निर्माण सामग्री उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ एमएस स्टील स्ट्रिप र बिलेटको आयात पनि क्रमशः ९३ र ७० प्रतिशतले घटेको भन्सारको तथ्याङ्कले देखाएको छ । सिमेन्ट उद्योगले खपत गर्ने कोइला आयातमा करिब ६० प्रतिशतले कमी आएको छ । 

निर्माण कार्यमा प्रयोग हुने डोजर, ग्रेडरको आयात ६४ प्रतिशतले घटेको छ । औद्योगिक उपकरणको आयात पनि खस्किएको भन्सार तथ्याङ्कले देखाएको छ । त्यसैगरी जीप, कार, भ्यान जस्ता हल्का सवारी साधनको आयातमा ८४ प्रतिशतले कमी आएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button