सवारी चालक अनुमतीपत्र सहज बनाउन यातायात व्यवस्था सेवा कार्यालय विस्तार
विराटनगर । सवारी चालक अनुमतीपत्र सहज रूपले उपलब्ध गराउन कोशी प्रदेश सरकारले यातायात व्यवस्था सेवा कार्यालय विस्तार गरेको छ ।
अहिले प्रदेशका सातवटा कार्यालयबाट सवारी चालक अनुमतीपत्र दिने र सुनसरीको हलगडामा कार्यालय स्थापना गरि सवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ । प्रदेश सरकारले मोरङ, सुनसरी, धनकुटा, उदयपुर तथा ओखलढुङ्गा जिल्लामा कार्यालय स्थापना गरि सेवा विस्तार गरेको हो ।
चालक अनुमतीपत्र वितरण प्रणालीलाई सहज बनाउन यहीबाटै लाइसेन्स प्रिन्ट गर्नेगरि प्रदेश सरकारले बजेटको व्यवस्था मिलाउन लागेको यातायात व्यवस्था विभाग कोशी प्रदेशका महाशाखा प्रमुख गौतमराज अमात्यले बताउनुभयो ।
विराटनगरस्थित यातायात सेवा कार्यालयबाट दैनिक तीन सय देखी पाँच सय जनाले सेवा लिइरहेका छन् । कार्यालयले दैनिक २५ देखी २८ लाख रुपैयाँ राजश्व सङ्कलन गर्दै आएको छ । कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नभएपनि अहोरात्र खटेर सेवा गरिरहेको कार्यालयका सूचना अधिकृत गिरिजा पराजुलीको भनाई छ ।
सेवा बिस्तारसँगै प्रदेश सरकाले सबै कार्यालयमा अनलाइन सिष्टमबाट सेवा गर्ने व्यवस्था मिलाउन लागेको छ । आगामी साउन देखि कोशी प्रदेशका सबै कार्यालयमा अनलाइन सिष्टम लागु हुने यातायात व्यवस्था विभाग कोशी प्रदेशका अधिकृत सुभाष कार्कीले बताउनुभयो ।
कार्यालय विस्तरसँगै आफ्नै जिल्लाबाट चालक अनुमतिपत्र पाउन थालेपछि सेवाग्राही समेत उत्साहित भएका छन् । समय पनि कम लाग्ने र छिटो छरितो रुपमा सेवा पाउन थालेपछि सेवाग्राही उत्साहित भएका हुन । यसअघि चालक अनुमतीपत्र बनाउनका लागी सेवाग्राहीलाई सुनसरीको इटहरी र झापाको विर्तामोड जानुपर्ने अवस्था थियो ।








प्रतिक्रिया राख्नुहोस्