पराल बोकेको ट्रक आगलागी हुँदा जलेर नष्ट

नवलपरासी । पश्चिम नवलपरासीको सरावलमा पराल बोकेको ट्रकमा आगलागी हुँदा पूर्ण रुपमा ट्रक जलेर नष्ट भएको छ ।
सरावल गाउँपालिका ५ को बड्की दुबैलिया मा पराल लोड गरेर हिँडिरहेको लु १ ख ४९१५ नम्बरको ट्रकमा अचानक आगलागी हुँदा पराल सहित ट्रक पूर्ण रुपमा जलेर नष्ट ट्रक सहित हुँदा २० लाख ५० हजार बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनु भयो ।
स्थानीय र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।आगलागी बाट कुनै मानवीय क्षति भने नभएको र आगलागीको कारण भने खुली नसकेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्