तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी टोली र मिटरब्याजी पीडितबीच आज पनि वार्ता हुँदै

काठमाडौं । मिटरब्याजी पीडित र सरकारबीच आज पनि वार्ता हुने भएको छ।

पाँच दिनदेखि शान्तिबाटिकामा रहेका मिटरब्याजी पीडितले हिजो सरकारसँग भएको वार्ता निष्कर्षमा नपुगेपछि आज बिहान १० बजे पुन: वार्तामा बस्ने सहमति भएको हो ।

६ बुँदे माग राखेका उनीहरुले सरकारसँगको वार्ताका लागि समिति बनाएका छन् । पीडितहरुले सरकारसँग मिटरब्याज सम्बन्धित सबै फर्जी कागज मन्त्रिपरिषदबाटै निर्णय गराएर अवैध घोषणा गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, नयाँ कानुन लागू नभएसम्म फर्जी लिखतका आधारमा अदालतमा मिटरब्याज सम्बन्धित मुद्धाको दर्ता तथा सम्पूर्ण अदालती प्रकृया स्थगित गर्नुपर्नेलगायका माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button