तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट बर्दघाटमा एक जनाको मृत्यु 

नवलपरासी । बसको ठक्कर बाट आज बिहान बर्दघाटको त्रिवेणी चोकमा एक जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु १ ख ६७२९ नम्बरको माइक्रो बसले  साइकल यात्रीलाई ठक्कर दिँदा बर्दघाट ५ बन्डाखोला बस्ने ५० वर्षका सोमनाथ चौधरीको मृत्यु भएको ईलाका  प्रहरी बर्दघाटले जनाएको छ।

टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई जिल्ला अस्पताल परासी पुर्याईएकोमा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बिरेन्द्र केसीले जानकारी दिनुभयो।ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button