तपाईँ सुन्दै हुनुहुन्छः

सरकारका सय दिन उपलब्धिमूलक : मन्त्री शर्मा (भिडियाेसहित)

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका सय दिन उपलब्धिमूलक भएको बताउनुभएको छ । सरकारका सय दिनका उपलब्धिहरू बारे बोल्दै मन्त्री शर्माले सरकारको न्यूनतम कार्यक्रममा समेटिएका विषयहरूलाई प्रभावकारी, परिणाममुखी र समयबद्ध रुपमा कार्यान्वयनमा ल्याउन एकीकृत कार्ययोजना तयार भएको बताउनुभएको छ । 

पुस ११ गते गठन भएको वर्तमान सरकारले चैत २० गते सय दिन पुरा गरेको छ । सरकार गठन भएको सय दिन पुरा भएको अवसरमा सरकारले सम्पादन गरेका उपलब्धिहरू ३७ बुँदामा समेटिएका छन् ।

त्यसैगरी राजश्व चुहावट नियन्त्रण र सङ्कलनमा वृद्धि, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधारको विकास, सङ्क्रमणकालीन न्याय, सङ्घीयता कार्यान्वयन तथा जनताको हितमा राज्य संयन्त्रको परिचालन लगायतका विषयमा सरकारले महत्वपूर्ण उपलब्धी हासिल गरेको मन्त्री शर्माले बताउनुभयो ।

श्रोतः गोरखापत्र अनलाइन

प्रतिक्रिया राख्नुहोस्

Back to top button