फिफा वरियतामा नेपालको एक स्थान सुधार
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को विश्व वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।
फिफाले बिहीबार निकालेको नयाँ वरियता अनुसार नेपाल १७४ औँ उक्लिएको छ । नेपाल अघिल्लो महिनामा १७५ औँ स्थानमा रहेको थियो ।
दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । १०१ औँ स्थानमा रहेको भारत नेपाल भन्दा अघि रहेको स्थानमा छ । १५४ औँ स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ ।
यस्तै नेपालपछि भुटान १८५ औँ स्थानमा रहँदा बङ्गलादेश १९२ औँ स्थानमा रहेको छ । पाकिस्तान १९५ औँ स्थानमा रहँदा श्रीलङ्का २०७ औँ स्थानमा छ । अर्जेन्टिना वरियताको शीर्ष स्थानमा उक्लिएको छ । अघिल्लो वरियतामा अर्जेन्टिना दोस्रो स्थानमा रहेको थियो । विश्व वरियताको दोस्रो स्थान फ्रान्स र तेस्रो स्थानमा ब्राजिल रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्