तपाईँ सुन्दै हुनुहुन्छः

समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण 

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधिसभाका आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले  राष्ट्रिय गौरवका आयोजनाहरू समयमा निर्माण हुन नसकेको, सरकारको एक सय दिन उपलब्धिपूर्ण हुन नसकेको, विकास निर्माणका काम गर्दा वार्षिक क्यालेन्डर बनाएर गरिनुपर्ने लगायतका विषयमा आफ्ना विचार राख्नुभयो । 

उहाँहरूले शिक्षाका लागि करोडौँ रुपैयाँ बिदेसिएको भन्नुहुँदै नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराइनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button