तपाईँ सुन्दै हुनुहुन्छः

ठोरीका विभिन्न स्थानमा आतङ्क मच्चाउने बाघ नियन्त्रणमा

बीरगंज । पर्साको ठोरी गाउँपालिकाको विभिन्न स्थानमा आतङ्क मच्चाउने बाघलाई आज बिहान नियन्त्रणमा लिइएको छ । 

बाघलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोली तथा पर्सा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको कुसुमवाटिका वन उपभोक्ता समिति ठोरीका अध्यक्ष बुद्ध पाख्रिनले जानकारी दिनुभयो । 

बाघले पछिल्लो केही दिनदेखि ठोरीमा रहेका किसानहरूको बाख्रा/पाडा मारेर खोर नै रित्तो पार्दै आएको थियो । 

चितवन र पर्सा राष्ट्रिय निकुञ्जले संयुक्त रुपमा विगत पाँच दिनदेखि घटनास्थलमा र बाघ हिँड्ने स्थानमा क्यामेरा जडान गर्नुका साथै डाक्टरसहितको टोली परिचालन गरिएको थियो । 

बाघलाई डाट गरेर आज बिहान पौने १ बजेको समयमा निकुञ्जको टोलीले नियन्त्रणमा लिएको अध्यक्ष बुद्ध पाख्रिनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button