भक्तपुरमा सातौँ औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव

भक्तपुर । नयाँ वर्ष २०८० को अवसरमा भक्तपुरमा ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८० भोलिदेखि सुरु हुने भएको छ ।
भक्तपुरको सल्लाघारीमा औद्योगिक शान्ति नेपाल संस्था तथा मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा उक्त महोत्सव हुने भएको हो ।
महोत्सव वैशाख ३ गतेसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक दिपक थापाले बताउनुभयो ।
मेलाको सम्पुर्ण तयारी पुरा भएको र कृषि तथा पशुपन्छी मन्त्री डा.बेदुराम भुसालले मेलाको उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो ।
महोत्सवमा २०० भन्दा बढी स्टल रहनेछन् । महोत्सवमा मानवीय जीवनमा दैनिक प्रयोगमा आउने सम्पूर्ण उपभोग्य सामग्रीहरु, खाद्यान्न सामग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरूका स्टल हुनेछन् ।
यसैगरी कृषि तथा हस्तकलाका सामग्रीहरु, भाँडाकुँडाका सामाग्रीहरू, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने महोत्सवमा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानहरूको स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो । उहाँले महोत्सवमा २० देखी ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बताउनुभयो ।
आयोजकका अनुसार महोत्सवमा रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु साथै दर्जनौँ राष्ट्रिय स्तरका कलाकारहरूको साङ्गीतिक र हास्यव्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुती रहनेछ । महोत्सवमा हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरूको समेत आयोजना हुनेछ ।
महोत्सवमा करिब ५ लाख उपभोक्ताले अवलोकन तथा सेवा लिने र स्टलहरूबाट करिब १० देखि १२ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । प्रवेश शुल्क रु. ५० र ७० रहेकोका विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको संयोजक थापाले बताउनुभयो ।
वैशाख ४ गते भने विशेष सांस्कृतिक कार्यक्रम हुने र सो कार्यक्रमको टिकटको मूल्य रु. २०० रहेको आयोजकले जानकारी दिएको छ ।
नयाँ वर्ष नयाँ सोच युवाहरूको लागि छ प्रगतिको श्रोत भन्ने नाराका साथ मेला भक्तपुरको तीनकुने सल्लाघारीस्थित ९९ रोपनी क्षेत्रफलको जग्गामा आयोजना हुन लागेको हो
मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरी आर्थिक रूपले पनि मजबुत बनाउने मेलाका संयोजक थापाले जानकारी दिनुभयो ।
महोत्सवमा बालबालिकाहरूको लागि पनि छुट्टै बाल उद्यान, रोटे पिङ, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहने बताइएको छ ।
भक्तपुरमा सातौँ औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव
पुष्करराज बुढाथोकी
भक्तपुर । नयाँ वर्ष २०८० को अवसरमा भक्तपुरमा ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८० भोलिदेखि सुरु हुने भएको छ ।
भक्तपुरको सल्लाघारीमा औद्योगिक शान्ति नेपाल संस्था तथा मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा उक्त महोत्सव हुने भएको हो ।
महोत्सव वैशाख ३ गतेसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक दिपक थापाले बताउनुभयो ।
मेलाको सम्पुर्ण तयारी पुरा भएको र कृषि तथा पशुपन्छी मन्त्री डा.बेदुराम भुसालले मेलाको उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो ।
महोत्सवमा २०० भन्दा बढी स्टल रहनेछन् । महोत्सवमा मानवीय जीवनमा दैनिक प्रयोगमा आउने सम्पूर्ण उपभोग्य सामग्रीहरु, खाद्यान्न सामग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरूका स्टल हुनेछन् ।
यसैगरी कृषि तथा हस्तकलाका सामग्रीहरु, भाँडाकुँडाका सामाग्रीहरू, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने महोत्सवमा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेकट्रोनिक्स सामानहरूको स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो । उहाँले महोत्सवमा २० देखी ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बताउनुभयो ।
आयोजकका अनुसार महोत्सवमा रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु साथै दर्जनौँ राष्ट्रिय स्तरका कलाकारहरूको साङ्गीतिक र हास्य व्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुती रहनेछ । महोत्सवमा हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरूको समेत आयोजना हुनेछ ।
महोत्सवमा करिब ५ लाख उपभोक्ताले अवलोकन तथा सेवा लिने र स्टलहरूबाट करिब १० देखि १२ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । प्रवेश शुल्क रु. ५० र ७० रहेकोका विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको संयोजक थापाले बताउनुभयो ।
वैशाख ४ गते भने विशेष सांस्कृतिक कार्यक्रम हुने र सो कार्यक्रमको टिकटको मूल्य रु. २०० रहेको आयोजकले जानकारी दिएको छ ।
नयाँ वर्ष नयाँ सोच युवाहरूको लागि छ प्रगतिको श्रोत भन्ने नाराका साथ मेला भक्तपुरको तीनकुने सल्लाघारीस्थित ९९ रोपनी क्षेत्रफलको जग्गामा आयोजना हुन लागेको हो
मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरी आर्थिक रूपले पनि मजबुत बनाउने मेलाका संयोजक थापाले जानकारी दिनुभयो ।
महोत्सवमा बालबालिकाहरूको लागि पनि छुट्टै बाल उद्यान, रोटे पिङ, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्