तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्यमा उच्च वृद्धि: बन्यो नयाँ रेकर्ड

काठमाडौँ । सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।  

आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ ।  

अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

यसअघि यही चैत ५ गते उक्त सुनको मूल्य उच्च रहँदै प्रतितोला रु एक लाख १० हजार पुगेको थियो । 

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार चार सय ५० छ । उक्त सुन अघिल्लो दिन रू एक लाख आठ हजार पाँच सयमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु ४० ले बढेर रु एक हजार चार सय ४० पुगेको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । 

अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button