रवि लामिछानेविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
काठमाडौं । सर्वोच्च अदालतले राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयले निर्णयविरुद्धमा परेको रिटमाथि आज सुनुवाई गर्ने भएको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताले गरेको निर्णयविरुद्धमा परेको रिटमाथि सुनुवाई गर्ने भएको हो ।
लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै युवराज पौडेल (सफल) सर्वोच्च अदालत रिट दर्ता गराउनुभएको थियो ।
रिट निवेदनमा लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने र लामिछाने उपर झुटा विवरण दिएर राहदानी बनाएको मुद्दा चलाउनु भनी परमादेश जारी गर्न माग गरिएको छ ।
यस्तै, निवेदनमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने भनी गरेको निर्णय कार्यान्वयन नगर्नु÷नगराउनु अन्तरिम आदेश जारी गर्न समेत माग गरिएको छ ।
चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्