तपाईँ सुन्दै हुनुहुन्छः

२८ जना कर्मचारीहरू दीर्घ सेवा पदकद्वारा सम्मानित

काठमाडौँ । रेडियो नेपालले आफ्नो ७३ औँ वार्षिकोत्सवको अवसरमा कार्यालयमा कार्यरत २८ जना कर्मचारीहरूलाई दीर्घ सेवा पदकद्वारा सम्मान गरेको छ ।

वार्षिकोत्सवको अवसरमा रेडियो नेपालमा २५ बर्ष सेवा पुरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदकद्वारा सम्मान गरिएको हो ।

दीर्घ सेवा पदकद्वारा सम्मानित हुनेहरूमा कृष्णचन्द्र पौडेल, पुष्कर बराल, टङ्कनाथ खनाल, प्रमोदकुमार सिंह, धर्मेन्द्र कुमार रावल, नारायणीदेवी पोखरेल, महानन्दप्रसाद यादव, दिवाकर शर्मा, चन्दा विष्ट अधिकारी, हरि गिरी, रिता तिमिल्सिना, तिलविक्रम चेम्जोङ, श्रीप्रसाद चौधरी, विष्णुदेवी उपाध्याय, क्षेत्रबहादुर भण्डारी, दावा तामाङ, श्यामसुन्दर श्रेष्ठ, राधिका ओझा, शम्भुप्रसाद ढुङ्गाना, नारायणबहादुर खड्का, रामेश्वर वाग्ले, हेमन्तराज उप्रेती, विमलप्रसाद ज्ञवाली, भक्तशेर चेम्जोङ, सुखकुमारी राई, लुसीकुमारी गच्छदार, देबकी गौतम (भण्डारी) र नवराज पौडेल रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button