बैतडी जीप दुर्घटना अपडेट : मृतक र घाइतेको परिचय खुल्यो

बैतडी । बैतडीमा जिप दुर्घटनामा परी मृत्यु भएका र घाइते भएका व्यक्तिहरूको पहिचान खुलेको छ ।
देहीमाण्डौँ –गिरेगडा सडकखण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका वडा ५ तिलकपुर भिटा भन्ने स्थानमा भएको जिप दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका ५ का ५५ बर्षीय महादेव भट्टको मृत्यु भएको हो ।
गणमेश्वरबाट देहीमाण्डौँतर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप आज बिहान ११ः०० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।
सो जिप दुर्घटनामा परी दुई बालकसहित १४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ ।
घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका ६ रोडीका ६९ बर्षीय नरेन्द्रसिंह भण्डारी, पञ्चेश्वर गाउँपालिका ५ मस्नेटाका ३३ बर्षीया निर्मला पन्त, सोही ठाउँका ८९ बर्षीय गोकुलदत्त भट्ट, ३३ बर्षीय रामप्रसाद भट्ट,६२ बर्षीया जसुदेवी भट्ट, ४ बर्षीय मोहित भट्ट,३५ बर्षीया मीना भट्ट, ३३ बर्षीय राजेन्द्र भट्ट, २८ बर्षीया तुलसी भट्ट, २३ बर्षीया कुन्ती भट्ट, ३४ बर्षीय केशव भट्ट, ५५ बर्षीया ललिता भट्ट र ३ बर्षीय रोशन भट्ट रहेका छन् ।
यस्तै, पञ्चेश्वर गाउँपालिका ६ सेलीका २२ बर्षीय चालक राकेश कोली पनि घाइते भएका छन् ।
घाइते मध्ये कुन्तीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ । ब्रेक फेल भई जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्