तपाईँ सुन्दै हुनुहुन्छः

जनताको अवस्था बदल्ने सरकारी प्रयासमा रेडियो नेपालको भूमिका थप प्रभावकारी : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेडियो नेपाललेले सामाजिक रूपान्तरणको अभियानमा जनआकांक्षा अनुरूप आफूलाई उभ्याउँदै आएको बताउनुभएको छ ।

रेडियो नेपालको ७३ औँ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री दाहालले बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने सरकारी प्रयासमा रेडियो नेपालको भूमिका थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

सन्देशमा उहाँले रेडियो नेपालले केन्द्रीय र प्रादेशिक प्रसारणको माध्यमबाट परिवर्तित सन्दर्भका नीतिगत, कानुनी, व्यवस्थापकीय उपलब्धिहरू जनताको घरघरमा पुऱ्याउन खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

रेडियो नेपालले देशको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता र संविधानको मर्म एवं भावनाअनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिबिम्बका रूपमा सिङ्गो देशलाई एकताबद्ध गर्न योगदान पुत्याएको उल्लेख गर्नुहुँदै दाहालले सकारात्मक सञ्चार सम्प्रेषण गर्न रेडियो नेपाल सधैँ सफल भएको उल्लेख गर्नुभएको छ।

रेडियोको लगानी र स्वामित्व तथा प्रसारण क्षमता बढाउन सरकारले सञ्चारमैत्री नीति तथा कानुन निर्माण गरी रेडियोकर्मीहरूको पेशागत एवं क्षमता विकासका लागि प्रभावकारी कार्यक्रम तय गर्ने दहालले उल्लेख गन्नुभएको छ । उहाँले मिडिया विकास कोषलाई थप प्रभावकारी बनाई पत्रकारहरूका लागि आवश्यक उपकरण खरिदमा दिइने अनुदान बढाउन सरकार प्रतिबद्ध रहेको पनि सन्देशमा उल्लेख गन्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button