सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा सैनिक जवानको मृत्यु
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना सैनिक जवानको मृत्यु भएको छ ।
कर्णाली प्रदेश ०२–००१ प ४९८७ नम्बरको मोटरसाइकल वीरेन्द्रनगर–७, शिवालय चोकमा गएराती अनियन्त्रित भई पल्टिँदा नेपाली सेनाको सवुज गणमा कार्यरत सैनिक जवान २४ वर्षीय सुदीप चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हो ।
सोही मोटरसाइकलको पछाडि सवार अर्का सैनिक जवान बाँकेको बैजनाथ गाउँपालिका–३, का २२ वर्षीय सुशील चौधरी घाइते भई प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।
मृतक सैनिक जवान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२, कोलडाँडाका स्थायी बासिन्दा रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार घाइते सुदीपलाई उपचारको लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।







प्रतिक्रिया राख्नुहोस्