तपाईँ सुन्दै हुनुहुन्छः

आज मन्त्रिपरिषद् विस्तार हुँदै, दिउँसो ३:०० बजे शपथ ग्रहण हुने

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । नियुक्त हुने नयाँ मन्त्रीहरूको आजै दिउँसो ३ बजे शपथ ग्रहण हुने भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहमा नयाँ मन्त्रीहरूले शपथ ग्रहण गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सत्ता साझेदार दलहरूको हिजो बसेको बैठकमा मन्त्रालयहरुको बाँडफाँट टुङ्गिएपछि आज प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button