रेडियो नेपालका वार्षिकोत्सवको अवसरमा आयोजित शास्त्रीय सङ्गीत सम्मेलन (LIVE)
काठमाडौं । रेडियो नेपालको ७३ औं वार्पिकोत्सवको अवसरमा रेडियो नेपालले आज शास्त्रीय संगीत सम्मेलनको आयोजना गरेको छ ।
सम्मेलनमा विभिन्न ६ वटा समूहको सहभागिता रहेको छ । सम्मेलनको शुभारम्भ गर्दै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले आफ्नो स्थापनाकालदेखि नै नेपाली गीत संगीतको समबद्र्धन गर्दै आईरहेको बताउनुभयो ।
उहाँले आज आयोजित शास्त्रीय संगीत पनि त्यसैको निरन्तरता भएको प्रष्ट पार्नुभयो ।
सम्मेलनमा नायब कार्यकारी निर्देशक चन्द्रभुषणलाल दासले रेडियो नेपालले पहिला शास्त्रीय संगीत सम्मेलनको आयोजना गरेर यस विधाको प्रबद्र्धन गरेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्