तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रालय भागबन्डा टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक आज बिहान  बस्दैछ ।

बुधवार बिहान र साँझ बसेको बैठकले मन्त्रालय भागबन्डा टुङ्गो लगाउने बारेमा छलफल गरे पनि निर्णयमा पुग्न नसके पछि गठबन्धनको बैठक आज बिहान ८ बजे बस्न लागेको हो ।

हिजो साँझ बसेको बैठकमा उपस्थित दलले आ आफ्नो दाबी प्रस्तुत गरेको भए पनि कुन दलले कति वटा र कुन कुन मन्त्रालय पाउने निर्णय नभएकाले बिहीबार बिहान बैठक बोलाइएको जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार सोही बैठकबाट मन्त्रालयको सङ्ख्या र मन्त्रालयको भागबन्डा हुनेछ । बैठकमा काँग्रेसलाई आठ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा (एस)लाई दुई–दुई र अन्य दललाई एक–एक मन्त्रालय दिने सहमति भएको र यो विषयमा ठोस निर्णय शीर्ष नेताले गर्ने नेता श्रेष्ठले बताउनुभयो ।

उहाँले राष्ट्रिय जनमोर्चाबाहेक नौ दल अबको सरकारमा सहभागी हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button