तपाईँ सुन्दै हुनुहुन्छः

दलहन खेतीतर्फ सुनसरीका किसान आकर्षित

सुनसरी । सुनसरीका किसानहरूले जग्गामा उर्वरा शक्ति बढाउन र आफूलाई खान पनि हुने गरि दलहन बाली लगाउन थालेका छन् ।

यहाँका विभिन्न स्थानीय तहका किसानहरू दलहन बाली अन्तर्गत खेसरी, मुगी, रहर र मुसुरो दाल खेतीतर्फ आकर्षित भएका हुन् ।

खेतमा दलहन बाली गर्दा धान, गहुँ र मकै बाली राम्रो उत्पादन हुने र दालसमेत उत्पादन हुने भएकाले किसानहरू खेसरी, मुगी, रहर र मुसुरोको खेतीतर्फ आकर्षित भएको दुहवीका कृषक आषिश यादवले जानकारी दिनुभयो ।

इनरुवा ९ का किसान गुडका रामले दलहन बालीले जग्गाको शक्ति बढ्ने भएकाले खेसरी, मुगी, रहरको साथै मुसुरोको दाल लगाएको बताउनुभयो । रामले केही किसानले आफ्नो खेतमा किसानले मौसम अनुसारको दाल लगाएको बताउनुभयो । उता इटहरी उपमहानगरपालिका वडा नं। १३ का किसान बुधो सरदारले एक वर्ष बिराएर आफ्नो जग्गामा मुसुरोको दाल लगाउँदै आएको जानकारी दिनुभयो ।

सरदारले दाल खान पनि हुने र बिक्री गर्दा महगोंमा बिक्री हुने भएकाले अन्य बालीको तुलनामा राम्रो आम्दानी हुने भएकाले खेसरी, मुगी, रहर पाँच कट्ठामा र एक बिघामा मुसुरो लगाएको बताउनुभयो । , खेतको उर्वरा शक्ति पनि राम्रो हुने भएकाले मुसुरोको दालखेती लगाएको अर्का किसान सियाराम यादवले बताउनुभयो । बजारमा किन्न पाइने दालहरूमा मिसावट हुने भएकाको आफ्नो खेतमा खानका लागि उब्जाएको दालमा शुद्धता रहेको सरदारले बताउनुभयो ।

त्यसैगरी इटहरी उपमहानगरपालिका वडा नं। ११ का अर्का किसान भेदुलाल विश्वासले सिमरबना र बनरझुला क्षेत्रका किसानले पनि मुसुरोको दाल उत्पादन गर्नुभएको छ । उहाँले आफ्नो गाउँ टोलमा १० विघा बढीमा किसानहरूले मुसुरोको दालखेती लगाएको जानकारी दिनुभयो ।

आफ्नै खेतबारीमा उब्जाएको दाल आफ्नो घरको भान्सामा खपत गर्नुका साथै बढी उब्जाएको मुसुरो बिक्री गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button