जिल्ला प्रशासन कार्यालय धनुषामा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड
जनकपुरधाम । विगत केही दिनदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा राष्ट्रिय परिचयपत्र बनाउनेको अत्यधिक मात्रामा भिड बढेर गएको छ ।

अन्य पालिकामा राष्ट्रिय परिचयपत्र खिच्नका प्रयोग भइरहेका सामाग्री बिग्रेका कारण जिल्ला प्रशासन कार्यालय धनुषामा भिड बढेको बताइएको छ ।
राष्ट्रिय परिचय पत्र बनाएपछि मात्र राहदानी बन्ने भएका कारण परिचयपत्र बनाउन ठूलो सङ्ख्यामा सेवाग्राही पुग्ने गरेको छ । अधिकृत संगम सहितको अन्य ठाउँबाट परिचयपत्रको विवरण भरेर परिचयपत्र बनाउने शाखामा दिएपछि परिचयपत्र बन्ने गरेको छ ।
राष्ट्रिय परिचयपत्र शाखाले सेवाग्राहीको आँखाको रेटिना, पाँचै औँलाको छाप, फोटो सहितको विवरण लिएर बाहिरको यकिन गरेर परिचयपत्रको नम्बर दिने गर्दछन् । त्यसकै आधारमा परिचयपत्र राहदानी बन्ने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्