मोटरसाइकल र बस एकआपसमा ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु
रुपन्देही । दुई वटा मोटरसाइकल र बस एकआपसमा ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित बुटवल भैरहवा ६ लेन सडकखण्डको होराइजन चोकमा दुर्घटना हुँदा तिलोत्तमा नगरपालिका वडा नं ४ का आविष्कार टण्डनको मृत्यु भएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवलबाट योगिकुटीतर्फ आइरहेका मोटरसाइकल र योगिकुटीबाट बुटवलतर्फ गइरहेको बस एकआपसमा ठोक्किएका थिए ।








प्रतिक्रिया राख्नुहोस्