वीरगञ्जका २ खेलाडीलाई मोटरसाइकल दिने महानगरको घोषणा
वीरगञ्ज । विश्वकप क्रिकेटमा देशलाई क्वालिफायर छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका वीरगञ्जका २ खेलाडीलाई वीरगञ्ज महानगरपालिकाले जनही ३ लाख ९ हजार भन्दा बढी मूल्यको यामाहा एफजेड एफआई मोटरसाइकल पुरस्कार स्वरूप उपलब्ध गराउने घोषणा गरेको छ ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आइसिसी क्रिकेट विश्वकप लिग २ को खेलमा वीरगञ्जका ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै दुवैलाई पुरस्कार स्वरूप एक/एक थान यामाहा एफजेड एफआई मोटरसाइकल प्रदान गर्ने जनाउनुभएको छ ।
राष्ट्रको शिर उच्च बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिनुहुँदै महानगर प्रमुख सिंहले प्रतियोगितामा सहभागी वीरगञ्जका दुवै खेलाडीले प्रदर्शन गरेको खेल वीरगन्जकै लागि गौरवको विषय भएको उल्लेख गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्