झापामा माछा मार्ने क्रममा पोखरीमा डुबेर एकको मृत्यु

भद्रपुर, झापा । झापाको भद्रपुर नगरपालिका–३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ४० वर्षीय रामकुमार लिम्बु रहेका छन् । हिजो दिउँसो साढे १ बजे पोखरीमा माछा मर्ने क्रममा डुबी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानीय र सीमा प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले पोखरीमा खोजतलासको क्रममा लिम्बुलाई मृत अवस्थामा फेला पारेका थिए ।
मृत अवस्थामा फेला परेका लिम्बूको प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी शव आफन्तलाई जिम्मा बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्