राधेमाईमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर, २ सय ६० जना लाभान्वित
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा १ सय ६० जना महिला, १ सय जना पुरुष गरि २ सय ६० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरियो ।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर, वीरगञ्ज सामुदायिक आँखा अस्पताल र प्रभु अस्पताल वीरगञ्जको संयुक्त आयोजनामा तथा रुँगटा वेल फेयर सोसाइटी वीरगञ्ज पर्साको सहयोगमा वीरगञ्ज राधेमाईमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्