झापामा २२३ वटा मोटरसाइकल बेवारिसे, स्वामित्व दाबीका लागि आह्वान
झापा । जिल्ला प्रहरी कार्यालय झापाले २२३ वटा मोटरसाइकल बेवारिसे रहेको जनाउँदै स्वामित्व दाबीका लागि सार्वजनिक आह्वान गरेको छ । सार्वजनिक सूचनामार्फत झापा प्रहरीले सवारीधनीलाई आफ्नो माग दाबी पेश गर्न अपिल गरेको हो ।

झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले सवारी साधनको स्वामित्व दाबी गर्न आह्वान गरिएको बताउनुभयो । प्रहरीले १५ दिनभित्र आफ्नो माग दाबी पेश गर्ने समय तोकेर सवारीको विवरणसहित सूचना निकालेको हो ।
स्वामित्व दाबी गर्न आउने धनीले सक्कल प्रमाण पेश गर्नुपर्ने जनाइएको छ । नियमानुसार स्वामित्व माग दाबी नभए कानुन अनुसार प्रहरीले बेवारिसे अवस्थाका ती मोटरसाइकल लिलामका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने छ ।







प्रतिक्रिया राख्नुहोस्