तपाईँ सुन्दै हुनुहुन्छः

आमसञ्चार ऐन  बनाउन लागेका छौ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार सम्बन्धी कानुनहरु पुराना भएकाले अनलाइन मिडियालाई समेत समेट्ने गरी आमसञ्चार ऐन बनाउन लागेको जानकारी दिनुभएको छ । 

नारी अनलाइन पत्रिकाको आज काठमाडौँमा शुभारम्भ गर्दै मन्त्री शर्माले आमसञ्चार ऐनमा  अनलाइन मिडियालाई समेत समेट्ने गरी आमसञ्चार क्षेत्रका विज्ञहरुसँग छलफल गरी ऐन बनाउने काम थालिएको जानकारी दिनुभयो । 

उहाँले सञ्चारमाध्यमले राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्नेमा जोड दिनुभयो ।  

राम्रो पक्षको उजागर गर्दा अवसर नपाएका क्षमतावानहरुले अवसर पाउने र समाजले गति लिने भन्दै मन्त्री शर्माले राम्रा कामका लागि प्रेरित गर्ने पाटो कमजोर भएकाले आमसञ्चार माध्यमले यसमा ध्यान दिनुपर्ने बताउनुभयो । 

मन्त्री शर्माले महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुसार अवसर प्रदान गर्ने वातावरण बनाउन प्रेरणादायी कथाहरूको जतिसक्यो धेरै सार्वजनिकीकरण आवश्यक रहेको पनि औँल्याउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button