सिन्धुली बस दुर्घटना अपडेट : तीन जनाको सनाखत
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका –४ मा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका मध्ये तीन जनाको सनाखत भएको छ ।
मृतकहरूमा बसका सहचालक ओखलढुङ्गा माने भन्ज्याङ गाउँपालिका–६ का २४ वर्षका देव बहादुर सार्की, सिद्धिचरण नगरापालिका–३ का ३२ वर्षका पेशल भुजेल, उदयपुर कटारी नगरपाालिका– २ की ३५ वर्षीय कुमारी क्याप्छाकी मगर रहेका छन् । अन्य तीन जना मृतकको सनाखत हुन सकेको छैन ।
आज बिहान ओखलढुङ्गाबाट काठमाडौँको लागि छुटेको बस सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुइभिरमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्