थवाङका गैर दलितले लिए घरेलु औजार बनाउने तालिम

रोल्पा । रोल्पाको थवाङमा गैर दलित समुदायका मगरहरूले विभिन्न घरेलु औजार बनाउने आरनको तालिम लिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रोल्पाले ३ महीना सम्म सञ्चालन गरेको तालिममा १२ जनाले सहभागी भएका थिए ।
तालीममा खुकुरी, खुर्पा, हसिया, कुटो, कोदालो, फर्वा, काटा लगाएका आधुनिक कृषि औजारहरू तयार गर्न तालिममा सिकेका छन् दलित समुदायका विश्वकर्माहरूले मात्र घरेलु औजार निर्माण गर्नुपर्छ भन्ने मान्यता रहँदै आएको र तयार गर्दै आएको हुँदा उक्त काम प्रतिको धारणालाई तोड्दै अन्य समुदायले पनि औजार तयार गर्नुपर्छ भन्ने मान्यता राख्दै स्वरोजगार बन्नको लागि प्रेरणा स्वरूप मगरहरूले तालीम लिएका हुन ।

३ महिनासम्म चलेको तालिमको समापन कार्यक्रमको अध्यक्षता घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कार्यालय प्रमुख ताराप्रसाद शर्मा गर्नुभएको थियो भने प्रमुख अतिथि थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगर रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथिहरूमा घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका किरण अधिकारी, नेकपा माओवादी केन्द्र थवाङका इन्चार्ज मौसम रोका लगायत प्रशिक्षार्थीको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया राख्नुहोस्