तपाईँ सुन्दै हुनुहुन्छः

मेचीनगरद्वारा शारीरिक असक्तलाई ह्वील चियर वितरण

भद्रपुर, झापा । झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र शारीरिक रहेका शारीरिक असक्त नागरिकलाई सहजताका लागि ह्वील चियर वितरण शुरु गरेको छ । 

नगरपालिकाले आज एक कार्यक्रमका बीच १५ जना असक्त नागरिकलाई ह्वील चियर वितरण गरेर अभियानको शुरुवात गरेको हो । नगर प्रमुख गोपालकुमार बुढाथोकी र उपप्रमुख मीना उप्रेती पोखरेलले शारीरिक असक्त नागरिकलाई संयुक्त रुपमा ह्वील चियर वितरण गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख बुढाथोकीले नगरभित्रका शारीरिक असक्त नागरिकले ह्वील चियर अभावकै कारण असहज जीवन जिउनु नपर्ने भन्दै ह्वील चियर वितरणलाई नगरपालिकाले अभियानकै रुपमा अघि बढाउने बताउनु भयो ।

पहिलो चरणमा नगरपालिकाले एक सय थान ह्वील चियर वितरण गर्ने योजना बनाएको छ । यसका लागि १५ हजार रुपैयाँ गोटाका दरले ह्वील चियर खरिदमा नगरपालिकाले १५ लाख रुपैयाँ खर्च गरेको उपप्रमुख उप्रेतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button