तपाईँ सुन्दै हुनुहुन्छः

‘सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत नै सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयको समाधान खोज्नुपर्छ’

जनकपुरधाम  । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संक्रमणकालको अवस्था लम्बिनुको मुख्य कारण सरकार र राजनीतिक दलहरू नै भएको बताउनुभएको छ । 

जनकपुरधाम विमानस्थलमा प्रेस सेन्टर नेपाल मधेश प्रदेशले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सभामुख समेत रहनुभएका उपाध्यक्ष सापकोटाले राजनीतिक दलहरूको दाउपेचका कारण संसद्मा सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयहरू टुंग्याउनका लागि संसद्बाट पास हुनुपर्ने विधेयकहरू थन्क्याइएको बताउनुभयो । 

उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत नै सङ्क्रमणकालीन विषयहरूको समाधान खोज्नुपर्ने बताउनुभयो । 

उहाँले २०६३ सालमा तत्कालीन नेकपा माओवादी र नेपाल सरकारबीच भएको विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार सङ्क्रमणकालीन अवस्था शान्ति प्रक्रियालाई टुङ्ग्याउनुपर्ने बताउनुभयो । 

उहाँले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेर २०६३ को अन्तरिम संविधान र वर्तमान संविधानको धारा ३०४ मा शान्ति प्रक्रियाको मर्म भावना अनुसार सङ्क्रमणकालीन न्याय प्रक्रिया विपरीत जाँदा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनमा गम्भीर असर पर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button