तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा सुक्खा पहिरोमा परी एक जनाको मृत्यु

बागलुङ । बागलुङको बरेङमा सुक्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

बरेङ गाउँपालिका–२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका–६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो ।

पेरिबाङ–बरेङ उर्लेनी मोटर बाटो विस्तारका क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासि झरेको सुक्खा पहिरोमा विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

आज दिउँसो १२ः४५ बजेको समयमा पहिरोमा परेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि सदरमुकाम बागलुङतर्फ रिफर गरिएकामा उनको बाटैमा ज्यान गएको विकका आफन्त तुलबहादुर बुढाले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button