तपाईँ सुन्दै हुनुहुन्छः

रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाकाे निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले पार्टीका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । 

यादव बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यही चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि फागुन २७ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button