तपाईँ सुन्दै हुनुहुन्छः

नारी सशक्तीकरणका लागि सबैले हातेमालो गर्नुपर्छ : प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नारी सशक्तीकरणका लागि सबै क्षेत्रले हातेमालो गर्नुपर्ने बताउनुभएको छ । बुधबार ८ मार्च, अर्थात् ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा शुभकामना व्यक्त गर्नुहुँदै प्रदेश प्रमुख शर्माले सबै क्षेत्रमा नारी/पुरुषले हातेमालो गर्दै अघि बढ्नु नितान्त आवश्यक रहेको उल्लेख गर्नु भएको छ । 

सम्पूर्ण नेपाली नारीहरूमा सुख, शान्ति एवं समृद्धिकाको शुभकामना व्यक्त गर्नुहुँदै प्रमुख शर्माले लैङ्गिक समानताका लागि नेपालको संविधान तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनले महिला हक–अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्नु भएको छ । प्रमुख शर्माले लैङ्गिक विकास र सशक्तीकरणका विविध आयामहरू मध्ये आर्थिक, सामाजिक, राजनीतिक तथा संस्थागत सशक्तीकरण गर्दै सामाजिक विभेद, हिंसा, अन्याय अन्त्य गर्नुपर्ने बताउनुभएको छ । यसका लागि समाजका सबै वर्ग, समुदायको समान सहभागिता र योगदान आवश्यक पर्नेमा जोड दिनु भएको छ ।

शुभकामना सन्देशमा प्रमुख शर्माले भन्नुभएको छ, ‘शिक्षा, स्वास्थ्य, सामाजिकीकरण जस्ता महिला सशक्तीकरणमा दरिलो पाइला अगाडि बढाउन सबै क्षेत्रका नारी–पुरुषहरूले हातेमालो गर्दै अघि बढ्नु नितान्त आवश्यक छ ।’ 

प्रमुख शर्माले नारीलाई पहुँच तथा विकासमा समान सहभागिता गराउँदै अघि बढ्न यो दिवसले प्रेरित गरोस् भन्ने कामना गर्नुहुँदै नारीलाई रोजगारीमा अवसर, न्यायमा सहज पहुँच तथा विकासमा समान सहभागिता गराउँदै अघि बढ्न हामी सबैलाई यो दिवसले प्रेरित गरोस् ।’भन्ने कामना गर्नु भएको छ । ‘लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय नारी दिवश मनाईदैछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button