तपाईँ सुन्दै हुनुहुन्छः

आठ दलीय कार्यदलको बैठक बस्दै

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आठ दलीय कार्यदलको बैठक बस्दैछ ।

बैठक अहिले केहीबेरमै नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू हुनुहुन्छ ।

यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा उक्त आठ दलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उम्मेदवार हुनुहुन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button