तपाईँ सुन्दै हुनुहुन्छः

‘भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्छु’

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्ने बताउनुभएको छ ।

मुख्यमन्त्रीको गृहनगर कैलाली जिल्लाको लम्कीमा नेपाली कांग्रेस लम्की चुहा नगर समितिले आयोजना गरेको नेता तथा कार्यकर्तासँग मुख्यमन्त्रीको भेटघाट एवं बधाई कार्यक्रममा उहाँले सङ्घीयतालाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

नेकपा (एमाले) का राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि माघ २६ गते प्रदेशको सबैभन्दा बढी संसद् सदस्य रहेको ठूलो दलको हैसियतले नेपाली काँग्रेसको संसदीय दलका नेता शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

उहाँले करिब दुई तिहाइ बढी मतका साथ हिजो आइतबार मुख्यमन्त्री पदका लागि प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button