तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले युएइलाई २३० रनको लक्ष्य दियो

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग –२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएइलाई २३० रनको लक्ष्य दिएको छ । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय २९ रनको योगफल बनायो । 

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रनको योगदान दिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए । त्यस्तै सन्दीप लामिछानेले २७ तथा करण केसीले १७ रन बनाए ।

युएइका लागि जुनेद सिद्धिकीले ३ विकेट लिए भने आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २÷२ विकेट लिए । युएई अहिले जवाफी ब्याटिङमा उत्रिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button