तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग एसियन एथलेट्स् एशोसिएसनका अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वर्ल्ड एथलेट्स्का सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button