तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट एक जनाको मृत्यु

वीरगञ्ज । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बाराको निजगढमा बसले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बाराको निजगढ नगरपालिका–९ बुद्धचोक बस्ने ५० वर्षीय मजिद मिया गम्भीर घाइते भएको र उपचारको क्रममा वीरगञ्जस्थित गण्डक हेल्थ केयर अस्पताल वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गम्भीर घाइते मियालाई तत्काल प्राथमिक उपचार निजगढ स्थित सिटी अस्पतालमा गरिएको र थप उपचारका लागि वीरगन्जस्थित गण्डक स्थित हेल्थ केयर अस्पताल ल्याइएको र उपचार गर्न नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मियाँलाई आज दिउँसो १२ बजे निजगढको बुद्ध चोकमा वीरगन्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० नम्बरको बसले ठक्कर दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button