उद्धव राईको संस्मरणात्मक कृति ‘कोसी किनारका पाइलाहरु’ विमोचित

काठमाडौं । मानवशास्त्री डा. उद्धव राईको संस्मरणात्मक कृति ‘कोसी किनारका पाइलाहरु’ विमोचित भएको छ ।
बुक हिल प्रालिले प्रकाशन गरेको सो कृतिको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, लेखक राईका ८४ वर्षीया आमा चन्द्रदेवी राई र लेखक राईकी जीवनसङ्गिनी डा।बिमला राई पौड्यालकी १०१ वर्षीया आमा इन्द्रमाया पौड्यालले संयुक्तरुपमा आइतबार विमोचन गर्नुभएको हो ।
मानवशास्त्री राईले आफ्नो विद्यार्थीकालदेखि प्राध्यापन, अनुसन्धान र अन्तर्राष्ट्रिय गैह्रसरकारी क्षेत्रमा काम गर्दा देखे–भोगेमा देश—विदेशका अनुभव र अनुभूतिलाई पुस्तकमा उतार्नुभएको छ।

कुलपति राईले लेखक राईको साहित्यिक क्षेत्रमा दरिलो उदय भएको उल्लेख गर्दै उनलाई लेखकीय निरन्तरताका लागि आग्रह गर्नुभयो ।
निवर्तमान परराष्ट्रमन्त्री डा पौड्यालले लेखक राईको पहिलो पाठक हुनुका नाताले उहा मनैदेखि लेखनप्रति प्रतिबद्ध र स्पष्टवक्ता भएको सुनाउनुभयो ।
यस अवसरमा सङ्गीतकार गणेश रसिक, मानवशास्त्री डा सुरेश ढकाल, अनुसन्धानदाता कैलाश राई, साहित्यकार तोया गौतमले ‘कोसी किनारका पाइलाहरु’ माथि समीक्षा र लेखक राईको व्यक्तित्वबारे टिप्पणी गरेका थिए ।







प्रतिक्रिया राख्नुहोस्