‘गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक’
भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पक्षमा राम्रो गर्न खोज्दा सबै तिरबाट एमालेमाथि प्रहार भएको गुनासो गर्नुभएको छ ।
भक्तपुरको गठ्ठाघरमा आज आयोजित नेपाल बुद्धिजीवी परिषद्को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक रहेको बताउनुभयो ।

बुद्धिजीवीले गलत बाटोमा हिँडेकालाई सही र सुल्टो बाटो देखाउन तथा परिवर्तन र रुपान्तरणको बाटो देखाउन आवश्यक रहेको ओलीको भनाइ थियो ।
कार्यक्रममा परिषद्का केन्द्रीय अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा, महासचिव इं.गजेन्द्रप्रसाद थपलियाले, कोषाध्यक्ष गोपीकृष्ण न्यौपाने, एमाले केन्द्रीय सदस्य एवं परिषद्का इन्चार्ज मनोजजंग थापा, परिषद्का उपाध्यक्ष डा. दीपेन्द्र भण्डारी, उपमहासचिव गोबिन्द्रबहादुर शाही लगायतले देशको वर्तमान राजनीतिक परिवेशमा बुद्धिजीवीहरूले खेल्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्