बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव सम्पन्न
भद्रपुर झापा । झापाको बिर्तामोडमा सञ्चालित विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव’ सम्पन्न भएको छ ।
गत फागुन ५ गतेदेखि बिर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित महोत्सव बिहीबार सकिएको हो ।
१३ दिनसम्म सञ्चालित महोत्सवमा झन्डै ५ करोड बराबरको कारोबार भएको संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिनुभयो ।
महोत्सवमा नेपाललगायत भारत, बङ्गलादेश र पाकिस्तानका व्यावसायिक स्टलहरू रहेका थिए भने राष्ट्रिय कलाकारको प्रस्तुतिसहित मनोरञ्जनका साधनहरू पनि रहेको महोत्सव आयोजक समितिका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा आयोजित समापन समारोहमा महोत्सव सफल बनाउन सहयोग पुर्याउने व्यक्तित्व तथा संघ–संस्थालाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्