रोल्पाको जङ्गलमा एक महिलाको शव भेटियो
रोल्पा । रोल्पाको जङ्गलमा एक महिलाको शव भेटिएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ४ ठुलो नम्जा निवासी मनकुमारी खड्काको शव घोपी गहिरा खोलाको जङ्गलमा फेला परेको हो ।
मृतक खड्का फागुन १० गते रातिदेखि बेपत्त्ता थिइन । खड्काको शव सडक देखि करिब ७ सय मिटर तल सडे गलेको अवस्थामा भेटिएको हो । उनको शव दाहिने खुट्टाको गोली गाँठा भन्दा माथि घुँडासम्म जङ्गली जनावरले खाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रमुख प्रहरी नायव उपरीक्षक श्याम कुमार शारूले जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्