भोजपुरमा चट्याङले एकको मृत्यु, एक घाइते
भोजपुर । भोजपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते बनेका छन् । भोजपुरको षडानन्द नगरपालिका वडा नं। १२ तिप्लेमा १३ वर्षीय सरोज भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले बताउनुभयो ।
सामान्य हावाहुरी र बर्षातसँगै परेको चट्याङ्ले गम्भीर घाइते भएका स्थानीय नारायण भुजेलका छोरा सरोजलाई उपचारका लागि सङ्खुवासभाको तुम्लिङटार स्थित मनकामना हस्पिटल लगिएकोमा उनको मृत्यु भएको डिएसपी क्षेत्रीले जानकारी दिनुभयो ।
चट्याङले सोही ठाउँका २५ वर्षका प्रदिप भुजेल घाइते भएका छन् । घाइते भएका भुजेललाई थप उपचारको लागि खाँदवारी लगिएको छ ।








प्रतिक्रिया राख्नुहोस्