तपाईँ सुन्दै हुनुहुन्छः

जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको प्रतिनिधि मण्डलसँग आज भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले आईयूसीएनसँग हुँदै आएको साझेदारीले प्राकृतिक साधन स्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुगेको बताउनुभयो ।

त्यस अवसरमा आईयूसीएनका महानिर्देशक ओबेरलले नेपालले जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्नुहुँदै नेपालसँगको साझेदारीमा भएका कार्यप्रति सन्तोष व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button